विश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा कवि तथा समाजसेवी सयपत्री थुलुङको विशेष गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न भएको छ । त्यसैगरी कविद्वय प्रविण लामा अपरिचितको सिनकानसेनको देशबाट लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास जापान विमोचन भएको छ । विशिष्ट अतिथिको रूपमा रहनुभएका नेपाली भाषा र साहित्यप्रेमी जापानी नागरिकहरू हारुहितो नोजु र युको ओकामोतोद्वारा सामूहिक दीप प्रज्वलन गरी नेपाली राष्ट्रियगान बजाएर कार्यक्रम शुरु भएको थियो । विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’को प्रमुख अतिथि र विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय महासचिव सुनिता राई कन्दाङ्वा विशिष्ट अतिथिको रूपमा अनेसास जापान शाखाका अध्यक्ष अरुण पौडेल, जनजाति पत्रकार महासङ्घ जापानका अध्यक्ष फुर्वा शेर्पा लगायतले सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जेको सामूहिक विमोचन गरेका थिए । पहिलो चरणमा कृतिहरूको विमोचन तथा लोकार्पित कृतिका सर्जकहरूको भनाइ सुनिएको थियो । कवि राजु स्याङतानले ‘ओ पेङ्दोर्जे’ एउटा दस्ताबेजको रूपमा दाबी गर्दै नवपुस्ताको लागि यो कवितासङ्ग्रहले सेतुको काम गर्ने बताए । “पेङ्दोर्जे मेरै पुस्ताले खोज्नुपर्थ्यो र मैले खोजें“, उनले अगाडि थपे । लोकार्पित ‘सिनकानसेनको देशबाट’को सर्जक प्रविण लामा ‘अपरिचित’ले आफ्नो कर्मथलो जापानमा सिनकानसेन(बुलेट रेल) जसरी हरेक विकासका कामहरू द्रुत गतिमा कुद्छन् । त्यसरी नै आफ्नो मातृभूमि समेत भइदिए हुन्थ्यो भन्ने आशयमा लेखिएका कविताहरू सङ्गृहीत भएको बताए । अझ भनौँ नैतिक दबाब देशसम्म पुगोस् भन्ने चाहना रहेको बताए । दोस्रो चरणमा खुला रचना वाचन रहेको थियो । बिमन किराती, म्यामराज राई, दिलिप राई, गंगा गगन, अनिलकुमार ‘निर्दोष’, अरुण पौडेल, राजन घले, उमेश तिमिल्सिना, विजय स्याङ्बो लगायत करिब एक दर्जन साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना सुनाएका थिए ।

 

 

कार्यक्रमको महत्त्वपूर्ण भाग अर्थात गाउककं फर्किरहेको परदेशी टोकियो साँझ तेस्रो चरणमा राखिएको थियो । उक्त चरणमा कवि सयपत्री थुलुङ्कको एकल कविता वाचन राखिएको थियो । करिब एक दर्जन जति उनका कविताहरू भर्खरै बजारमा आएको ं फर्किरहेको परदेशी कवितासङ्ग्रहमा सङ्गृहीत छन् । सयपत्रीको काव्य सामर्थ्य स्रोता, दर्शकलाई आफ्ना कवितामार्फत सुदूर सम्झनामा पुराउनु हो । यो साँझले पनि साँच्चिकै सबैलाई मन्त्रमुग्ध बनायो । कार्यक्रम समापन हुनुपहिले अर्थात अन्तिम चरणमा गङ्गा गगनको शब्द र भ्वाइस अफ नेपाल, सिजन –५ का विजेता विनोद राईको सङ्गीत र स्वरमा रहेको ’निबुखोले सोल्टिनी’ बोलको गीत सार्वजनिक गरिएको थियो । उपस्थित दर्शकहरू कम्मर मर्काउककंदै छमछमी नाचेका थिए । विनेसाम, जापान शाखाका लामा सदस्य, सयपत्री सहसचिव तथा गगन सचिव समेत हुन् । करिब तीन घण्टासम्म चलेको कार्यक्रम विनेसामका महासचिव रविन्द्र दिखुक्पाले सञ्चालन गरेका थिए । सभाध्यक्षको रूपमा रहेका विनेसाम, जापान शाखाको अध्यक्ष देवीबहादुर इङ्नाम लिम्बुले भर्चुअल तथा भौतिक रूपमा उपस्थित हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।

बिहिबार, १० फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे