सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् ।

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा मन्त्री किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाउँदै गरेको देखिन्छ । उनले सार्वजनिक गरेकाे भिडियाेकाे क्याप्सन लेखेका छन्, ‘बिहानी पख आफ्नै कार्यकक्षको शृङ्गार गर्दै!’

उक्त भिडियाेमा कार्यकक्ष सरसफाइ गरिरहँदा नजिकै रहेकी कर्मचारी समान सार्नमा व्यस्त थिइन् ।त्यसै बेला मन्त्री किराँतीले उनलाइ जाडोमा कार्यालय चाँडो आउँदा रिस उठ्छ कि उठ्दैन भनेर सोधिरहेका देखिन्छन् ।

कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् । किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किरातीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छ ।

शुक्रबार, ४ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे