विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो ।

नेपालमा पहिलो पटक यस प्रकारको सम्मेलन भएको हो । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा आज सम्मेलनस्थल भृकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म सांस्कृतिक झाँकीसहित पदयात्रा (मार्चपास) गरेको छ। पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो । पदयात्रालाई विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

नेपाल किसान महासँघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले यो सम्मेलनले देशैभरी र अन्तर्राष्ट्रिय स्तरमा कृषिका जल्दाबल्दा मुद्दाहरु उठान गर्न सघाउँ पुराउने बताए।

उनले भने, “विश्व सामाजिक मञ्चको यो सम्मेलनामा देशको र अन्तर्राष्ट्रियस्तरका कृषिका जल्दाबल्दा मुद्दाहर उठान गर्न सघाउ पुग्ने कुरामा विश्वस्त छौँ । ”

यो सम्मेलनमा आफूहरुले जल्दाबल्दा विषयहरुलाई प्रस्तुत गर्ने योजना रहेको उनले बताए ।

यस्तै महास‌घका केन्द्रिय सदस्य रमेशबहादुर रावलले नेपालमा पहिलो पटक भएको विश्व सामाजिक मञ्च सम्मेलनमा आफूहरुले कृषिका माध्यमबाट देशलाई चिनाउने खालका सामग्रीको प्रदर्शानी गर्ने बताए ।

“नेपालमै पहिलो पल्ट विश्व सामाजिक मञ्च सम्मेलन आयोजना हुँदैछ । यो ज्यादै सुखद पक्ष हो । यस सम्मेलनमा कृषिका माध्यमबाट देशलाई चिनाउने खालका सामग्रीको प्रदर्शनी गर्नेछौँ ” विश्वमा उठिरहेको खाद्य सम्प्रभुताको हकको कुुरा पनि उठान गरिने उनको भनाइ छ ।

सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकको भनाइ छ । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुनेछ ।

बिहिबार, ३ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा