सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्रे गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रेको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर–दक्षिण कोसी सडक आयोजनाले अनुसार किमाथांका–रानी सडकको उक्त खण्डमा ठेक्का लागेको दुई वर्ष बित्दा पनि २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।

ठेक्का लागेको दुई वर्ष बित्दा करिब २८ प्रतिशतमात्रै काम भएको उत्तर–दक्षिण कोसी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले जानकारी दिए । ३९ किलोमिटर कालोपत्रेका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो । तीन खण्डको निर्माणको जिम्मा शर्मा–शिवशक्ति जेभी चितवनले पाएपछि निर्माणकार्य कछुवागतिमा छ । तीन खण्डमध्ये पहिलो खण्ड खाँदबारी लभिङहिल–थामसेर्कुेसम्म ३६ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । दोस्रो खण्डअन्तर्गतको थामसेर्कुे–कप्तानेसम्म हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । त्यसैगरी तेस्रो खण्ड कप्तानेबाट नुमसम्म २४ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजनाका सूचना अधिकारी जिरेलले बताए ।

एक अर्ब २८ करोडमा कालोपत्रेको जिम्मा शर्मा शिवशक्ति जेभीले पाएको थियो । कालोपत्रे गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काममात्रै गरेको छ । ठेक्का सम्झौता गर्दा माइलस्टोनसम्बन्धी व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार ठेक्का सम्झौता १२ महिना अवधिभित्र ३० प्रतिशत ठेक्का सम्झौता रकमबराबरको वित्तीय प्रगति हासिल गर्नुपर्ने व्यवस्था छ ।

सम्झौताअनुसार वित्तीय प्रगति नगरेको भन्दै उत्तर–दक्षिण कोसी सडक आयोजनाले दिनको रु दुई लाख ५५ हजार हर्जनासमेत तिराएको छ ।

समयसीमाअनुसार काम सम्पन्न नगर्दा निर्माण कम्पनीले वित्तीय प्रगति नगर्ने ठेकेदार कम्पनीसँग करिब रु ७० लाख जरिबाना तिराएको सडक आयोजनाका सूचना अधिकारी जिरेलले बताए । खाँदबारीबाट चीनको सीमावर्ती किमाथांकासम्म सडकको लम्बाइ १६२ किलोमिटर छ । उत्तर–दक्षिण कोसी योजनाले ट्रयाक खुलेको १३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्रे गर्न लागेको हो । निर्माण कम्पनीले २०८१ असारसम्ममा ३९ किलोमिटर सडक कालोपत्रे गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्मको प्रगति हेर्दा समयमा काम नसकिने देखिन्छ । रासस

बुधबार, २ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे