file photo

काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन सुरु गरेको छ । उपमेयर तथा अनुगमन समिति संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोर व्यवस्थापन अनुगमन थालिएको हो ।

काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोर प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ । यो व्यवस्थामा उल्लेख भएका दायित्व सम्बन्धी काम अनुगमनका सूचक हुन् ।

अनुगमन क्रममा अस्पतालको नर्सिङ विभाग प्रमुख राधिका घिमिरे लगायतले संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादित फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाएका थिए ।

घिमिरेका अनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्ने प्रणाली विकास गरेको हो ।

स्रोतमा फोहोर छुट्ट्याउन ‘नर्सिङ बेस्ड सिस्टम’ कार्यान्वयनमा छ । फोहोर उत्पादन हुने ठाउँको ड्युटीमा रहने नर्सिङ स्टाफले यसको जिम्मेवारी लिने गरेका छन् । अस्पतालमा १ सय बेड छ ।

सामान्य फोहोर उत्पादन हुने ठाउँमा चार प्रकारका बाल्टिन राखिएका छन् । प्लास्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने वस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गरिन्छ । हानिकारक फोहोर संकलन गर्न ८ वटा बाल्टिन सहित ट्रली प्रयोग गर्ने गरिएको छ ।

सोमवार, २९ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा