नेपालमा प्रतिपर्यटक प्रतिदिन औसत खर्च झन्डै ४ अमेरिकी डलरले वृद्धि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार २०८० मंसिर मसान्तसम्म एक पर्यटकले प्रतिदिन औसत ४४.५० डलर खर्च गरेको दिएको हो ।

२०७९ पुससम्म प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५० डलरमात्र थियो । यस आधारमा एक वर्षमा पर्यटकले नेपालमा गर्ने खर्च ३.९ डलरले बढेको देखिएको छ ।

यस अवधिमा पर्यटक आगमन र पर्यटकले नेपालमा गर्ने खर्च दुवै बढेको मन्त्रालयको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ । पर्यटक आगमन बढ्दा खर्चसमेत बढ्दो क्रममा रहेको देखिएको छ । सन् २०२३ मा नेपालले १० लाख १४ हजार ८ सय ७१ पर्यटकलाई स्वागत गरेको छ । कोभिड महामारीका बेला कम पर्यटक आगमन भएको आर्थिक वर्ष (आ.व) २०७८/७९ (सन् २०२१) मा प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर थियो ।

त्यसबेला पर्वतारोहण र पदयात्रामा आउने पर्यटक संख्या धेरै हुँदा खर्च र बसाइ अवधि समेत धेरै देखिएको थियो । उक्त वर्ष प्रतिपर्यटक औसत बसाइ १५.५ दिन थियो । पर्यटक आगमन बढ्न थालेपछि भने बसाइ अवधि र खर्च दुवै औसतमा कम देखिएको छ ।

बुधबार, २४ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे