हिमालपारीको गाउँको रुपमा चिनिदै आएको नाम्खा गाउँपालिका–६ को जाङ गाउँ बस्ती रित्तिने क्रम वर्षेनी बढ्दै गएको पाइएको छ । स्थानीय गाउँ छाडेर काठमाडौंतर्फ लागेपछि गाउँमा सिमित परिवार मात्र बस्दै आउन थालेपछि गाउँ नै सुनसान देखिन थालेको हो ।

यस वर्ष ४५ घरधुरी रहेको उक्त गाउँमा यतिबेला पाँच परिवारमा सिमित भएको छ । यसले गर्दा सिङ्गो गाउँ नै सुनसान देखिन थालेको छ । लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले लिमीको जाङ गाउँमा हाल पाँच परिवारमा मात्र सिमित भएको बताए । अन्य घरपरिवारहरु घरमा ताला लगाएर सबै काठमाडौंतर्फ लागेपछि गाउँमा बसोवास गर्ने घरधुरी कम हुँदै गएको हो ।

अधिकांश घरमा ताला लगाएको देखिनु सामान्य जस्तै भएको छ । ताला लगाएका घरधुरीहरुले भने पशुवस्तु हेर्ने जिम्मा भने गाउँमै बस्दै आएका परिवारसँग लगाएका छन् । गाउँमा वस्दै आएका पाँच परिवारका पनि १२ जना मानिस गाउँमा बसेका छन् ।

अघिल्लो वर्ष उक्त गाउँमा बालबालिका नभएपछि विद्यालय पनि बन्द गरिएको थियो । उक्त गाउँमा दुई जना मात्र बालिबालिका रहेका थिए । स्थानीय शहरमुखी भएपछि गाउँ रित्तिनु सामान्य जस्तै भएको छ । दुर्गम गाउँमा दुःखै दुःख गरी बस्नुभन्दा शहरमै व्यापार व्यवसाय गरेर बस्ने सङ्ख्या बढेपछि लिमीका गाउँ मानिस बस्नबाट टाढिँदै गएको देखिन्छ ।

बुधबार, २४ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !