माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राजेन्द्र कार्की कोशी प्रदेशबाट मन्त्री बन्ने पक्का भएको छ । लामो समय पछि प्रदेशका मुख्य मन्त्री केदार कार्कीले बुधबार मन्त्रिपरिषद् बिस्तार गर्दे छन् ।

यस अघि पनि प्रदेश मन्त्री बनि सकेका संखुवासभा माओवादी केन्द्रका युवा नेता कार्की भोलिको मन्त्रिपरिषद् बिस्तारमा पुनः मन्त्री बन्ने भएका हुन् । मुख्य मन्त्री कार्कीले नेपाली कांग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट दुईजना गरी चारजना मन्त्री नियुक्त गर्दे छन् ।

नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने छन भने माओवादी केन्द्रबाट संखुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जा मगर मन्त्री बन्नेछन् । युवा नेता राजेन्द्र कार्की बौदिक र सरल स्वभावका नेता मानिन्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वास पात्रको रुपमा पनि कार्कीले आफ्नो छवी बनाएकाछन् ।

यस अघि पनि मन्त्री बनेका कार्की यस पटक पनि मन्त्री बन्ने पक्का भएको छ । उनी माओवादी भित्र प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

मङ्लबार, २३ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा