सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

भूमिकास्थान नगरपालिका–६ खिल्जीमा वडा अध्यक्ष प्रेमनारायण वेल्वासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाइएका बास हटाउने सार्वजनिक सूचना जारी गरेको हो ।

बासले ऐतिहासिक महत्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान पनि सुक्ने, सुक्खायाममा आगलागीको पनि जोखिम हुने भएकाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो ।

निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र बरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन भनेको छ ।

“बर र पिपललाई चाहिने पानी र घाम बाँसले लिन्छ र बरपिपल भोको रहन्छ । अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणको लागि राम्रो छ”, सामाजिक अगुवा प्रकाश बेल्बासेले बताए ।

वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बास र पानीको मुहान असर गर्ने गरी लगाइएको बास हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।

मङ्लबार, २३ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !