नेपालस्थित पाकिस्तानी दूतावासले कश्मीर एकता दिवसको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासले ’कश्मीर एकता दिवस निरन्तरको दमनमा अविचलित लचकता शीर्षकमा कार्यक्रम राखेको हो । कार्यक्रममा सञ्चारकर्मी, लेखकसहित मानव अधिकारकर्मीका विभिन्न समूहले भाग लिएका छन् ।

उनीहरूले आत्मनिर्णयको अधिकारका लागि कश्मीरी जनता संघर्षको सम्बोधनका विषयमा छलफल गरेका थिए । उक्त कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश प्रस्तुत गरीएको थियो । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले पछिल्लो ७६ वर्षमा आत्मनिर्णयको संघर्षमा कश्मीरहरूको लचिलोपनको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री अनवर–उल–हक काकरले कश्मीरी जनताका लागि पाकिस्तानको अटुट समर्थन रहेको सन्देश दिएका थिए । पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीले आत्मनिर्णयका लागि कश्मीरी जनताको संघर्षमा पाकिस्तानको अटुट समर्थन रहेको बताएका छन् । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले जम्मू–कश्मीरका जनताको आत्मनिर्णयका अन्तर्राष्ट्रिय समुदायको भूमिकामा जोड दिए ।

छलफलमा सहभागीहरूले कश्मीको अधिकारका लागि अन्तर्राष्ट्रिय समुदायको चासो र महत्वको बारेमा धारणा राखेका थिए ।

मङ्लबार, २३ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान