थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भने, “पुराना काठका घर विस्थापित हुँदैछन् ।”

काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन् । तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन् ।

धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन रानाले बताए । “घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो । नयाँ पुस्ताले गाई भैँसी पाल्दैनन्”, उनले भने, “सहजै काठ पाइँदैन । धेरैजसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन् ।”

उनका अनुसार विगतमा एउटै परिवारमा सय-डेढ सय जनासम्म बसोबास गर्थे । तर अहिले १०-१५ जनाको परिवार पनि भेटिँदैन । “विगतको जस्तो संयुक्त परिवार पनि हुँदैन । बिहे गरेपछि छुट्टिएर बसिहाल्छन्”, उनले भने । रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको भीमदत्त नगरपालिकाकी लक्ष्मी डगौराले बताइन्।

“अहिले नयाँ कच्ची घर कोही बनाउँदैनन्, त्यति मात्रै होइन कच्ची घर बनाउने मान्छे पनि गाउँ भेट्न मुस्किल पर्छ”, उनले भनिन्, “सहजै काठ, टायल पनि पाइँदैन, विगतभन्दा अचेल आर्थिक अवस्था पनि मजबुत भएकाले पक्की घर नै सबैको रोजाइँमा छ ।” कच्ची घर बर्सेनि लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्नेलगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएका छन् ।

“अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गरिन्थ्यो”, बेलौरी नगरपालिका अभिषेक रानाले भने, “जनसङ्ख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन् ।”

 

सोमवार, २२ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा