हिउँदे वर्षा र हिमपातले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सास्ती थपिएको छ । त्रिपालमुनि बस्न बाध्य भएका उनीहरुलाई पानी र हिमपातका कारण चिसो बढेपछि थप समस्या भएको हो । अरु क्षेत्रका किसान हिउँदे वर्षा र हिमपातले खुसी भए पनि भूकम्प पीडितको बसाइलाई प्रत्यक्ष प्रभाव परेको छ ।

समयमै उचित व्यवस्थापन हुन नसक्दा चिसोका कारण भूकम्पपीडित थप मारमा परेका छन् । अस्ति बुधवार बेलुकादेखि जाजरकोट र रुकुमपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

भूकम्पबाट पीडित भएकाहरुको अहिलेसम्म उचित बसोबासको व्यवस्था हुन सकेको छैन । अस्थायी आवास र त्रिपालका भरमा बसेका उनीहरुलाई चिसो थेग्न मुस्किल भएको छ । कतिपय चर्किएकै घरमा बसेका छन् । जाडो बढेपछि घरबाहिर निस्कन समस्या छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ की भूकम्प पीडित देवकली पुन मगरले हिमपात र पानीले चिसो बढेको बताए । विशेष गरी चिसोबाट बालबच्चा र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । त्रिपाल र टहरामा बसेका पीडितलाई थप जोखिम छ । भूकम्प गएको तीन महिना बितिसक्दा पनि अस्थायी आवासको काम पूरा हुन सकेको छैन। सरकारको ढिलासुस्ती र चिसोको यो बेला आफूहरु थप समस्यामा परेको भूकम्प पीडितको गुनासो छ।

जाजरकोट भूकम्पबाट झण्डै ८० हजार घरमा क्षति पुुगेकोमा २५ हजारको सङ्ख्यामा अस्थायी आवास बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको कात्तिक १७ गते भूकम्प गएको थियो ।

शुक्रबार, १९ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा