पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशमार्फत चालु आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाखले धुरीमार्ग निर्माण सुरु गरिएको हो ।

धुरीमार्ग करिब डेढ सय किलोमिटर हुने छ । बागलुङ नगरपालिका–१३ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यू टावर, रायडाँडाको शान्ति गुम्बा–गाजाको दह, घोडाबाँधे बेलढुङ्गा, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय हुँदै बागलुङ कालिका जोडिने छ ।

मन्त्रालयको बहुवर्षे योजनाअनुसार धुरीमार्गलाई अगाडि बढाइएको हो । यस वर्ष करिब एक किलोमिटर पदमार्ग निर्माण हुने छ । गत पुस ११ गतेदेखि निर्माण सुरु गरिएको धुरीमार्ग हालसम्म चार सय मिटर काम सकिएको धुरीमार्ग निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले जानकारी दिए ।

धुरीमा पदमार्ग बनाइने हुँदा यसलाई धुरीमार्ग भनिएको उनको भनाइ छ । उनका अनुसार धुरीमार्ग स्लेट ढुङ्गा, रेलिङ, ढलानसहितको हुनेछ । स्लेट ढुङ्गा ताराखोला गाउँपालिका–१ माझखर्कबाट ढुवानी गरेर ल्याउँदा महङ्गो पर्ने हुँदा धेरै काम गर्न नसकिने थापाले बताए ।

आगामी जेठको १५ गतेसम्म सक्ने गरी सम्झौता भएको जनाउँदै अध्यक्ष थापाले समयमै सामान उपलब्ध भए वैशाख दोस्रो साता नै काम सक्ने बताए । यस वर्षको बजेटले भैरवस्थानदेखि कुण्डेसम्म जोडिने उनको भनाइ छ ।

भौगोलिक कठिनाइ र चिसो मौसमका कारण अहिले कामलाई तीव्रता दिन केही समस्या भए पनि दैनिक आफूहरुले काम गरिरहेको अध्यक्ष थापाले बताए ।

उनले भन, “इन्जिनियरको ‘स्टिमेट’ अनुसारको काम गरि रहेका छौँ, समयमै काम सक्ने योजना छ, दिनदिनै काम भइरहेको, ढुङ्गाको गुणस्तरमा ध्यान दिनुपर्ने छ, भिरपहरा फोडेर मार्ग निर्माण भइरहेको छ, बजेट ठूलो देखिन्छ, तर स्टिमेटअनुसार काम गर्दा धेरै काम गर्न सकिने रहेनछ, पदमार्ग सामान्य किसिमको बन्दै छैन, गुणस्तरीय नै बन्छ ।”

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकलाई हप्तौँसम्म बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न र पर्यटन प्रवद्र्धनका लागि धुरीमार्ग निर्माण गर्न थालिएको बताए । यो पदमार्ग पूरा गर्नका लागि एकै वर्षमा सम्भव नभएको भन्दै बहुवर्षे योजनाका रुपमा यसलाई अगाडि बढाएको मन्त्री थापाको भनाइ छ ।

बागलुङमा समथर भू–भागदेखि अग्ला पहाडका टुप्पोसम्म पर्यटकीय गन्तव्य रहेको हुँदा तल्लो क्षेत्रमा सडक र माथिल्लो क्षेत्रमा धुरीमार्गको प्रयोग गरी आन्तरिक तथा बाह्य पर्यटक घुम्न सक्ने उनले बताए ।

“धुरीमार्ग निर्माण सम्पन्नपछि बागलुङमा बाह्य पर्यटक बढ्ने छन्, ग्रामीण बस्तीसँग जोडिएको धुरीमार्गले गाउँको पर्यटनलाई प्रवद्र्धन गर्न महत्वपूर्ण टेवा पुग्ने छ, यो पदमार्गमा पर्यटकहरु हप्तौँ दिनसम्म यात्रा गर्न सक्ने छन्भने त्यस आसपासमा रहेका घरबास ‘होम–स्टे’, होटल र रेष्टुरेन्ट राम्रोसँग चल्नेछन्, स्थानीय उत्पादनले बजार पाउनेछन्”, मन्त्री थापाले भने, “पर्यटन प्रवद्र्धनका साथसाथै रोजगार सृजना पनि हुने छ, यहाँ यात्रा गर्ने पर्यटकले बागलुङका दर्जनौँ धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्ने छन् ।रासस

बुधबार, १७ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा