पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) को आयोजना सम्पन्न भएकाे छ। उक्त प्रतियोगितामा पुरुषतर्फ सजन लामा प्रथम भएका छन् भने महिला तर्फा प्रथम सृजना तामाङ भएकी छन्।

बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) मा पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै प्रतियोगिता भएको थियो। पुरुष-३८ र महिला-२० जनाको प्रतियोगितामा सहभागीता रहेको थियो।

त्यस्तै, दोस्रो र तेस्रो स्थानमा पुरुषतर्फ दिपेन गुरूङ, विजय सुनार र दोस्रो र तेस्रो स्थानमा महिलातर्फ प्रेना राइ, याङ्ला भाेटे विजेता हासिल गरेका छन्। कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा र १९५३ को सगरमाथा आरोहणको टोलीको सदस्य कान्छा शेर्पाले गरेका हुन्।

साथै राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव टंकलाल घिसिङको हातबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरिएको हो। साथै विजेताले अन्नपूर्णभ्यू होटल सराङकोटमा एक रात बस्न पाउने छन्।

युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पाले युएस नेपाल क्लाइमस एसोसिएसन, युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा आरोहणको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरीएको बताए।

कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहाद्र्धता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एशोसियसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए। शेर्पाले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पा प्रति श्रद्धाञ्जली पनि हो।’

यो प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेहरुलाई अझ प्रोत्सान गर्ने युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका फाउन्डर प्रेसिडेट सेराप जाङ्बु शेर्पाले बताए। हामीले अमेरिकामा पनि टप रोप इडिशनको आयोजना गर्दै आएकोले यस पटक आफ्नै देशमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग मिलेर उक्त प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पाको नाम दिएर उक्त प्रतियोगिताको आयोजना गरेका उनको भनाइ छ।

युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका कोषाध्यक्ष लाक्पा नुरु शेर्पाले हामीले आरोहणको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेका बताए।

मङ्लबार, १६ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा