रुकुमपश्चिममा १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण गरिएका छन् । छ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लाभर रु ७६ करोड ५९ लाख लाभग्राहीलाई भुक्तानी दिइएको छ । करिब २७ हजार ३६ लाभग्राहीले रकम प्राप्त गरेका छन् ।

चौरजहारी नगरपालिकामा तीन हजार नौ सय १५, आठबिसकोट नगरपालिकामा पाँच हजार सात सय ८५, मुसिकोट नगरपालिकामा चार सय ९६, सानीभेरी गाउँपालिकामा पाँच हजार दुई सय ४०, त्रिवेणी गाउँपालिकामा दुई हजार चार सय ७५ र बाँफीकोट गाउँपालिकामा पाँच सय ७३ अस्थायी आवास निर्माण गरिएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकाका छ हजार दुई सय ५४, आठबिसकोट नगरपालिकाका नौ हजार छ सय ६७, मुसिकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार छ सय २४, त्रिवेणी गाउँपालिकाका दुई हजार सात सय ५२ र बाँफीकोट गाउँपालिकाका एक हजार छ सय ९९ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकामा रु १५ करोड ६३ लाख ५० हजार, आठबिसकोट नगरपालिकामा रु २४ करोड १६ लाख ७५ हजार, मुसिकोट नगरपालिकामा रु दुई करोड ६० लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड छ लाख, त्रिवेणी गाउँपालिकामा रु छ करोड ८८ लाख र बाँफीकोट गाउँपालिका रु चार करोड २४ लाख ७५ हजार रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।

जिल्लाभर २९ हजार चार सय छ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ ।

शनिबार, १३ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा