हिउँ र पानी नपरेका कारणले यो वर्ष डढेलो लाग्ने सम्भावना बढेको छ । जाडो मौसममा पानी नपरेको र हिमपात पर्याप्त नहुँदा जमिन सुख्खा हुने भएकाले डढेलो लाग्ने सम्भावना बढेको हो ।

डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ । यो वर्ष प्राकृतिक कारणले डढेलोका घटना बढी हुने सम्भावना रहेको वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट दीपक ज्ञवालीले बताए ।

हालसम्म ३० देखि ४० मिलिलिटर पानी पर्नुपर्ने मौसमविद्ले बताएका छन् । तर जलवायु परिवर्तनका कारणले पानी पर्न नसकेको उनले उल्लेख गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी गरी तीन महिना ‘विन्टर मनसुन’ हो । तर यो वर्ष ‘विन्टर मनसुन’मा पनि झरी पर्न नसकेको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।

डढेलो लाग्ने सम्भावना बढेसँगै यसप्रति सजक रहन वातावरणविद् भूषण तुलाधरले सुझाएका छन् ।

शनिबार, १३ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !