file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री किराँतीले विमानस्थलबाट हुने सुन लगाएतका तस्करीमा कर्मचारीको पनि संलग्नता देखिएको भन्दै कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको हो । देशको निम्ति इज्जत जोगाईदिने काम गर्न उनले आग्रह गरे ।

उनले देश र जनतालाई अग्रभागमा राखेर काम गर्ने भन्दै बिमानस्थलको सुधारका लागि निरन्तर काम गर्ने बताए । मन्त्री किराँतीले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाएर जनताको जिवनस्तरमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।

पुरानो आन्तरिक आगमन टर्मिनल भवन सानो भएकाले सेवाग्राहीलाई समस्या परेका कारण भवनबाट सेवा सुरु गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले पार्किङ क्षेत्रमा देखिएको समस्या पनि समाधान गर्दै लैजाने जानकारी दिएको छ ।

बुधबार, १० माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा