महोत्तरीको उत्तरी क्षेत्र राईमन्डल डाँडामा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवासस्थित वडा नं. ३ मा रहेको उच्च ठाँउ राईमन्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो ।

एक अध्ययनअनुसार सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको सङ्ख्यामा गिद्धहरू रहेको थिए तर २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि बढिले घटेको देखाएको थियो । यसैलाई आधार मान्ने हो भने नेपालमा यसको संख्या निक्कै न्यून छ ।

तर, राईमन्डल वरपर भिमडाडा, सोलीघोप्टे, सेतोभीर जस्ता ठाउँमा देखिएका हजारौ गिद्धहरुको दृश्यले ठुलो बासस्थान रहेको अनुमान गरिएको छ । पदयात्रामा सहभागीहरुले स्थानीय सरकारले तत्काल गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केन्द्रकोरुपमा विकास गर्नुपर्ने धारणा राखे ।

नेपालका केही ठाँउहरुमा गिद्धको प्रजनन केन्द्र र गिद्ध रेस्टुरेन्ट समेत खोलेर यस्को संरक्षणको लागी सफल अभ्यासहरु भएको बताउँदै स्थानीय लोसपाका नेता चेत कुमार थापा राईमन्डल गिद्ध अध्ययन केन्द्र बन्न सक्ने महत्वपूर्ण आधार भएको बताउँछन् ।

नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९-२०१३’ को सफल कार्यान्वयन पश्चात नयाँ कार्ययोजना -सन् २०१५-२०१९ लागू गरिएको थियो । यसको लागी स्थानीय सरकार संघ र प्रदेश सरकारसँग नजिक भएर काम गरे राईमन्डल पर्यटकीय केंन्द्रकोरुपमा समेत विकास हुन सक्ने कतिपय विज्ञहरुको सुझाव छ ।

राईमन्डल र भप्सी वरपर वस्ने स्थानीय बासिन्दाहरु विहानको समयमा हजारौको संख्यामा गिद्धहरु आकाशमा देखिने बताउँछन्। ‘दुईदेखि तीन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन्, ‘ स्थानीय बल बहादुरले भने, ‘विशेषगरी सेतोभीर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।’

यो पंक्षी सिकारी पंक्षी भए पनि आफै सिकार गर्दैन । मरेका सिनो र बासी मासुहरू आहारा वनाउने गर्दछ । बासस्थानको अभाव, घरपालुवा जनावर हरूमा डाइक्लोफिनेक जस्ता एन्टीबायोटिक औषधिको प्रयोग लगायतका कारणले यो अहिले विश्वबाट लोप हुने स्थितिमा रहेको विज्ञहरु बताउँछन् ।

धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदायले त आफन्तको शव गिद्धलाई खुवाउदा मृतकको आत्मालाई स्वर्ग पुराउने दूतकारुपमा लिने गर्दछन्।

यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक त हो नै समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहरकोरुपमा पनि लिइन्छ ।

त्यसैले राईमन्डललाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरी स्थानीय सरकारले यसलाई पर्यटन विकास केन्द्रकोरुपमा विकास गर्नुपर्ने उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका बताउँछन् ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले राइमंडलमा देखिएको गिद्धको बासस्थानको ध्यानाकर्षण जनाएका छन् । सरोकारवालाहरुसँग छलफल अगाडि बढाएर यस क्षेत्रको संरक्षणको लागी कार्ययोजना बनाउने बताए ।

सोमवार, ८ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे