सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै ३७औं नम्बरमा राखिएको छ।

प्रशिद्ध अन्तर्राष्ट्रिय मिडिया न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ। न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै ३७औं नम्बरमा राखिएको छ।

मुस्ताङ धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ। तीन हजार वर्षभन्दा अगाडिको उत्खनन् अनुसार यहाँ नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका थियो। लोमान्थाङ दरबार, मुक्तिनाथ, टुकुचे निलगिरी हिमाल, धवलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिकलगायत मुस्ताङका प्रमुख पर्यटकीय स्थल हुन्।

यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व छ। मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन्।

सदरमुकाम जोमसोमदेखि उत्तरतर्फ भोटे गुरुङ, विष्ट र ठकुरी जातीको बाहुल्य छ भने दक्षिणतर्फ थकालीसहित अन्य जातीको बसोबास छ।

बुधबार, २५ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा