सरकारले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय विकास परिषद्मा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट सहिदको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन् ।

सरकारका प्रवक्ता मन्त्री शर्माले भनिन्, ‘मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल, नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन प्रथमस्तर, द्वितीयस्तर, तृतीयस्तर, चतुर्थस्तर र पाँचौँस्तर पदको सुरु तलबमान, ग्रेड सङ्ख्या र ग्रेड दर स्वीकृत गर्ने निर्णय गरेको छ ।’
विसं २०८० पुस २७-२८ मा काठमाडौंमा हुने नेपाल-भारत वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गरेको उनले जानकारी दिइन् ।

‘गोदक सोयाक १३२ केभी प्रसारण लाइनको इलाम नगरपालिका-९, १० र ११ मा निर्माणाधीन प्रसारण केन्द्रबाट दायाँ नौ मिटर र बायाँ नौ मिटर गरी जम्मा १८ मिटर क्षेत्रभित्र पर्ने जग्गा र त्यसभित्रका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने निर्णय सरकारले गरेको छ’, मन्त्री शर्माले भनिन् । उनका अनुसार सरकारले ताप्लेजुङ जिल्लाको मैवाखोला तथा आठराइ त्रिवेणी गाउँपालिका र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा निर्माणाधीन प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर र बायाँ नौ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोभित्र रहेका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने पनि निर्णय गरेको छ ।

यसैबीच, मन्त्री शर्माले देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । रासस

बुधबार, २५ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !