gf;’n’ km]bLdf km’Nb} nfnLu’/fF; dgfª !@ kmfu’g M 9sdSs nfnLu’/fF; / ko{6s cf]xf]/bf]xf]/ ug]{ ;do ;’? x’g] a]nfdf rfd] ufpFkflnsf– ! ltdfªdf km’Nb} u/]sf] nfnLu’/f; / k[i7e”lddf dgf;’n’ lxdfn M tl:a/ M gjLg nfld5fg]÷/f;;

बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ। केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो।

केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए। उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए।

लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा लालीगुराँस फुल्ने गरेका छन्। सबै लालीगुराँस नफुले पनि फाट्टफुट्टरुपमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका–४ का ७७ वर्षीय खम्बजङ्ग शाहले बताए।

पहिला यस्तो हुदैन्थ्यो, अहिले हिउँ पर्न पनि छोड्यो लालीगुराँस पनि पुसमै फुल्न थालेको छ। बाह्रै महिना सेताम्यै हुने यहाँका हिमालमा पनि हिउँ देखिन छोडेको छ।

जाजरकोटका कुशेपाटन, कराँचुली, जलजला, बारेपाटनलगायत हिमालमा अहिले हिउँ देखिन छोडेको उनको भनाइ थियो। ‘अहिले हिउँ परेकाबेला मात्र हिमाल सेता देखिन्छ अरुबेला कालापत्थर देखिन थालेका छन्’, शाहले भने, ‘यसैकारण हिउँ चितुवा, कस्तुरी, डाँफे, मुनाललगायतका जङ्गली पशुपक्षी लोप हुन थालेका छन्। चिसो र गर्मी अत्यधिक बढ्न थालेको छ।’ हिउँ नपर्दा फलफूलका बोटबिरुवा, गहुँ, जौलगायत हिउँदेबालीमा समेत असर पर्ने र उत्पादनमा ह्रास आउने स्थानीयवासीको भनाइ छ।

सोमवार, २३ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा