विभिन्न मितिमा सगरमाथासहितका हिमाल चढेका ४८ जना आरोहीले प्रमाणपत्र बुझ्न नआएपछि सरकारले आरोहण गराउने कम्पनी र आरोहीको नाम सार्वजनिक गरेको छ ।

पर्यटनन विभागका अनुसार दलका नेताको मृत्यु भएको वा हराएको, आफ्नो देशमा फिर्ता गएको वा सम्पर्कमा नआएको जस्ता कारणले विभागमा ब्रिफिङ हुन नसकी ४८ जना आरोहीले हिमाल चढेको प्रमाणपत्र पाएका छैनन् ।

विभागले त्यस्ता फाइलको सन्दर्भमा आवश्यक निर्णय लिनु परेको भन्दै आरोहीले हिमाल चढे–नचढेको सम्बन्धमा कुनै उजुरी, गुनासो वा सिकायत भएमा लिखित प्रमाणसहित बुझाउन १५ दिनको समय दिएको छ ।

आरोहीले प्रमाणपत्रसँगै फोहोर फिर्ता गरी गार्बेज धरौटी समेत फिर्ता पाउँछन् । तर, यी ४८ जना आरोहीको गार्बेज समेत फिर्ता नभएको विभागले जनाएको छ ।

विभागका अनुसार सेभेन समिटबाट सन् २०१८ मा सगरमाथा चढेका १४ जनाको ब्रिफिङ बाँकी छ । सोही कम्पनीबाट सन् २०२२ मा हिमाल चढेका ८ जनाको समेत बिफ्रिङ बाँकी रहेको विभागले जनाएको छ ।

यही कम्पनीबाट सन् २०१८ मा मकालु चढेका १२ जनाको समेत बिफ्रिङ बाँकी रहेको विभागले जनाएको छ ।

हिमालयन स्की ट्रेकबाट सन् २०१९ मा हिमाल चढेका १३ जनाले प्रमाणपत्र लिएका छैनन् । पिक प्रमोशन प्रालिबाट सन् २०१९मा हिमाल चढेका १ जनाको समेत प्रमाणपत्र लिन बाँकी छ ।

सोमवार, २३ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !