जुम्लालगायत माथिल्लो कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण हुँदा यहाँका किसानलाई राहत पुगेको छ। जुम्ला सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दननाथ सहकारीद्वारा सञ्चालित चन्दननाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण गर्दै आएको हो।

जुम्लासहित हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला कालीकोटमा उत्पादन हुने रैथानी बाली सिमी, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनिमार्केटमार्फत बजारीकरण गरी बिक्रीवितरण गर्दै आएको चन्दननाथ अर्गानिक मिनिमार्केटका सञ्चालक ऋषिराम पाण्डेले जानकारी दिए।

कर्णाली प्रदेशको सुर्खेतमा समेत मिनिमार्केट सञ्चालन गरेर रैथानेबालीको बजारीकरण गर्दै आएको जनाइएको छ। सञ्चालक पाण्डेले भने, ‘कृषकको अर्गानिक उत्पादन खरिदसहित हरियो मल सुपथ मूल्यमा बिक्री गर्दै आएको छ। बजारमा प्रतिकेजी सय रुपैयाँमा बिक्री हुने हरियो मल सहकारीले ६५ रुपैयाँमा कम्पनीकै मूल्यमा बिक्री गर्दै आएको छ।’

यो याममा पुस र माघको महिना स्याउ काटछाँट, मलजल बगैँचा व्यवस्थापन गर्ने याम सुरु भएकाले चितवनको एग्रो कियरबाट अर्गानिक बायो अल्गा हरियो मल बिक्रीवितरण गर्दै आएको मिनिमार्केटका सञ्चालक पाण्डेको भनाइ छ।

मल खरिद गर्न पैसा नै चाहिन्छ भन्ने छैन। प्रतिकेजी ६५ बराबर जिन्सी सामग्री वा अन्नबाली उपभोक्ताले दिए पनि हुने व्यवस्था गरिएको छ। सहकारीले कम्पनीकै मूल्यमा बिक्री गर्ने गरी १८ टन मल जुम्ला ल्याएको छ। जुम्लाका १४ वटा सेवा केन्द्रमार्फत बिक्रीवितरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले जनाएको छ।

सहकारीले १५ लाख ६७ हजार ७ सय रुपैयाँमा खरिद गरी १८ टन बायो अल्गा हरियो मल ल्याएको हो। जुम्लामा उत्पादन हुने मार्सी धान ब्लास्ट रोगले नष्ट हुने र उत्पादन घट्ने भएकाले सहकारीले माघ महिनामा माटो परीक्षण शिविर सञ्चालन गरिने चन्दननाथ सहकारीले जनाएको छ। रासस

शुक्रबार, २० पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा