विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओली सहितको टिमले ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरेका छन् । विगु गाउँपालिका १ स्थित लामाबगरको उत्तरपश्चिममा अवस्थित ६ हजार १ सय ९ मिटर उचाईको सो हिमाल अध्यक्षको टिमले सफल आरोहण गरेका हुन् ।

गत पुष ९ गते हिमाल आरोहणका लागि प्रस्थान गरेका पालिका अध्यक्ष ओलीसहितको ९ सदस्यीय टोली ८ दिनपछि आइतबार लामाबगर आइपुगेका हुन् । सगरमाथा आरोही तथा गाइड लिला बहादुर बस्नेत सो टिमको पथप्रदर्शक थिए ।

टोलीमा रहेका मध्ये ६ जना विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलि, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा लगायत रहेका थिए ।

रोल्वालिङ क्षेत्रको छोपा बामरेबाट सगरमाथा, गौरिशंकर, मकालु, चोयु, लोत्से लगायतका ८ हजार मिटर भन्दा बढि उचाइका हिमाल समेत अवलोकन गर्न सकिने छन् ।

मङ्लबार, १७ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा