धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण सुरु गरेको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकृतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना सुरु गरेको हो । उपमहानगरपालिकाले १९ वटै वडामा रहेका सार्वजनिक तालतलैयाको खोजी गरी अतिक्रमण हटाएर ताल तलैयालाई पुनः कायम राखी पुनःभरण सुरुआत गरिएको नगरप्रमुख गोपाल हमालले बताए ।

धनगढी उपमहानगरपालिकामा रहेका ८३ वटा सार्वजनिक तालतलैयामध्ये सात वटा तालको अतिक्रमण हटाइएको छ । नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गरी संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टको भनाइ छ । उहाँले नगर क्षेत्रभित्र रहेका अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षण गर्ने काम उपमहानरपालिकाले सुरु गरिसकेको बताए । धनगढीमा भूमिगत जलस्रोतको तह घट्दै गएको पाइएकाले पानीको पुनःभरण गर्न, वर्षामा हुने डुबान नियन्त्रण गर्न तथा प्राकृतिक अवस्था र पर्यटनको विकास गर्न ताल संरक्षण गर्न उपमहानगरले नीतिगत व्यवस्था गरेको जनाएको छ ।

पानीको पुनर्भरण, प्राकृतिक सौन्दर्य, माछापालन र पर्यटनका गतिविधि गर्न नगर क्षेत्रका सम्पूर्ण तालको अतिक्रमण हटाएर संरक्षण गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले संरक्षण गरिएका केही नमूना तालमा आय आर्जनका लागि माछापालन, पुनःभरणका लागि पोखरी, वनभोज खाने स्थान र वनभोज आउने व्यक्तिका लागि शौचालय निर्माण गर्ने कामको सुरुआत गरिएको जनाएको छ ।

उपमहानगरपालिकाले तालको विकासका लागि बहुउद्देश्यीय रणनीति तयार गर्न अध्ययन वडा नं १ देखि १० भित्रभित्र पर्ने प्राकृतिक तालको भौगोलिक, भौगर्भिक, सामाजिक, आर्थिक अध्ययनको काम गरिरहेको छ ।

शनिबार, १४ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा