सौराहामा चितवन पर्यटन तथा हात्ती महोत्सव हुने भएको छ। महोत्सव पुस १० देखि १४ गतेसम्म सञ्चालन हुनेछ।

चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा महोत्सव हुने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोराना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि शुरु गर्न लागेको बताए।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनारी गराउनुसमेत यो महोत्सवको अभिप्राय रहेको बताए।

उनले पर्या–पर्यटन सम्बन्धित गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए।

आइतवार, ८ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !