पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिका– १७ स्थित भादा थारू ‘होमस्टे’मा महोत्सव गरिने भएको छ । थारू जातिको परम्परा, रहनसहन, संस्कृति, खानपान, वेशभूषाको प्रदर्शनीमार्फत पर्यटक आकर्षित गर्न होमस्टेमा महोत्सव गर्न लागिएको हो ।

महोत्सवले होमस्टेमा पर्यटक आकर्षित गर्नुका साथै थारू जातिको संस्कृतिको प्रचारप्रसारमा पनि टेवा पुग्ने आशा गरिएको थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ । १७ पुसदेखि ६ दिनसम्म सञ्चालन हुने महोत्सवलाई करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । अवलोकनकर्ताले गोरुगाडा (लहरू)मा चढेर परम्परागत भादा थारू गाउँको अवलोकन गरेर आनन्द लिन सक्ने व्यवस्था गरिने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए ।

थारू समुदायको मात्र बसोवास रहेको भादामा २० वटा घरमा घरवास (होमस्टे)को व्यवस्था गरिएको छ । धनगढी बजारबाट करिब १७ किलोमिटरको दूरीमा रहेको भादा गाउँमा थारू संस्कृतिसँगै परम्परागत घरहरूको अवलोकन गर्न सकिन्छ । होमस्टे स्थानीयको आयआर्जनको माध्यम बनेको छ । कोरोना संक्रमणकालयता भने होमस्टे खासै चल्न नसकेको स्थानीय बताउँछन् ।

होमस्टेमा पाहुनाका लागि थारू जातिका मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अन्डीको भात, खुर्मा, पनझझरा, कचरिक बरिया, घोंघी, गँगटा, सिद्रा माछा, मुसाको सेकुवा, लोकल कुखुराको मासुलगायत परिकार उपलब्ध हुन्छन् ।

त्यस्तै, पर्यटकलाई मनोरञ्जन प्रदान गर्न स्थानीयले सखिया, झुम्रा, मघौटालगायत थारू समुदायको मौलिक संस्कृति झल्कने नाच प्रदर्शन गर्नेछन् । भादा होमस्टे पुग्ने पर्यटकले गाउँनजिकै रहेको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिरको पनि दर्शन गर्न सक्छन् । थारू होमस्टेको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि ११ वर्षदेखि बर्सेनि भादामा महोत्सव सञ्चालन गरिँदै आएको छ ।

शनिबार, ७ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे