यहाँको गाउँघर पूर्ण रूपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ । लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याक चौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् । पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैँ यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ । हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् यति बेला । यही गोठ वरपर सेताम्मे हिउँ हटाउँदै आएका मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राकाका ६० वर्षीया याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउँछन् ।

सानो उमेरदेखि नै गोठ र याक चौँरीसँगै जीवन गुजार्दै आएको उनी बताउँछन् । उनी भन्छन्, “चौँरी जता हामी पनि उतै जान्छौँ । चौँरीसँगै जीवन गुजारा चलाउँदै गएका छौँ । हाम्रो त छोराछोरी जस्तै हो याक चौँरी । यिनीहरूको स्याहारसुसारमै जीवन बितेका छ । हामी बूढाबूढी र चौँरी नै अहिलेका लागि समाज भएको छ । ” बेँसीसरहबाट सामान बोकेर सामान ल्याउने र खाने गरिएको उनी सुनाउँछन् ।

त्यस्तै ६१ वर्षीय निङ्मा सोनाम लामा चौँरी गोठसँगै जीवन गुजारिएको थाहै नभएको बताउँछन् । उनी भन्छन्, ‘याकचौँरीको स्याहारसुसार गर्दागर्दै जीवन गुजिँदै गएको थाहा पाएन । यहीँ काम गर्दागर्दै बिहे र बालबच्चा हुर्कायौँ । अहिले हामी गोठमा छौँ । तर, छोराछोरी काठमाडौँ पठनपाठनका लागि पठाएका छौँ ।’ १३ वर्षको उमेरदेखि गोठमा बस्न थालेका निङ्मा सोनाम गोठ सार्दा सार्दै बिहे भएको आफ्नो अनुभव सुनाउँछन् । चिसो छल्न जान त मन लाग्ने तर, यी पशुचौपायलाई छाड्दा मर्न सक्ने हुँदा छाड्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘गोठसँगै जोडिएको छ हाम्रो जीवन । गोठमै बच्चा जन्माएर हुर्कायो । अहिलेसम्म पनि हामीले गोठ र याक चौँरीसँगै छ । तर, याकचौँरीपालन छाड्न सकेका छैनौँ । हाम्रा बालबच्चा जस्तै गरी माया गरे त हामीले आम्दानी लिन सकिन्छ नि १ आम्दानी राम्रो लिनका लागि नै त हो यिनको स्याहारसुसार गर्ने । त्यसैले गरिरहेका छौँ ।’

याक चौँरी बेचेर नै जीविकोपार्जन चलाउँदै आएको उनी बताउँछन् । मुख्य आयस्रोत नै याक चौँरी भएको उनी बताउँछन् । पहिले हामीले याक चौँरी रु. २५ हजारदेखि ३५ हजारमा याक चौँरी बिक्री गरिन्थ्यो । तर अहिले याकको रु. एक लाख ५० हजारसम्म र चौँरीको रु. ९० हजारसम्म मूल्य पाउने गरेको उनी बताउँछन् । यहाँका पशुपालक किसानको आयस्रोत नै याक चौँरी हो । त्यसैगरी, फुगाउँका कर्म तेन्जिङ हिउँ पर्न थालेपछि चिसो बढेपछि क्याङमा झरेको र पशुचौपायको स्याहारसुसारमा व्यस्त रहेको बताउँछन् । पशुपालन नै जीविकोपार्जनको स्रोत भएको उनी बताउँछन् । मनाङका अन्यत्र क्षेत्रमा याकचौँरीको छाला तथा ऊनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको उनी सुनाउँछन् ।

फुगाउँका ङिमा एञ्जो लामा भन्छन्, ‘हामी त यहीँबाट लुगा र दोचा बनाउछौँ । अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन् । हामीले जानेको सीप अहिलेका मानिसले सिक्नै खोज्दैनन् । लगाउन पनि रुचाउदैनन् ।’ अहिले त जमाना फेरिएको उनी बताउँछन् । हिमाली जिल्ला मनाङका पशुपालक किसान चिसो बढेसँगै बेँसीमा गोठ झारे पनि गोठमै व्यस्त छन् । मनाङमा यति बेला चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन् । तर, चौँरीपालक किसान भने गोठमै रहन्छन् । चौँरीपालक किसानलाई न त जाडोले छेक्छ न त गर्मीले नै । विगतमा पशुपालन र कृषिमा मात्रै आत्मनिर्भर रहेको मनाङ हाल घट्दो क्रममा रहेको छ ।

याकचौँरीपालनमा व्यस्त रहेका नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामा सङ्घीयता आइसकेका तर यहाँसम्म विद्युत्, सडक, यातायात जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका बताउँछन् । उनी भन्छन्, ‘स्थानीय सरकारले आधारभूत आवश्यकता पूरा गर्न पहल गरिरहेका छौँ । तर, स्थानीय सरकारको बजेटले पूरा गर्न सकिँदैन रहेछ । माथिल्लो तहबाट सहयोग आवश्यक छ ।’

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामा अन्य पालिकाको तुलनामा यस पालिकामा पशुपालन र कृषिमा नै आधारित रहेका बताउँछन् । अन्य क्षेत्रका मानिस जाडो छल्न अन्यत्र गए पनि यहाँका मानिस गाउँबाट तल भाग क्याङमा झरेर बसोबास गर्ने गरेका उनी बताउँछन् । तल्लो भागमा झरेर पशुपालन तथा पशुचौपायको स्याहारमा व्यस्त रहेको उनी बताए । यस क्षेत्रमा सडक अभाव रहेको उनले सुनाए । सडक सञ्जालसँग यहाँका बस्तीलाई सहज बनाउन सकिएमा सदरमुकाम सामान लिन जान र आउन दुई लाग्नेमा घट्ने उनी बताउँछन् । सडक सञ्जाल सहज हुनासाथ यहाँका बसाइमा सहजता आउनेछ ।

शनिबार, ७ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !