file photo

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । काठमाडौंमा आज बिहान ५ः४५ बजे ५.६ डिग्री सेल्सियस तापक्रम रहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसो काठमाडौंको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म रहनेछ ।

“काठमाडौंमा आज दिउँसो आंशिक बदली हुनेछ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नभएका कारण आज वर्षाको सम्भावना छैन,” उनले भने, “तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । तर घाम लागेपछि हट्नेछ ।”

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । आज वर्षा र हिमपातको सम्भावना भने छैन ।

शुक्रबार, ६ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा