कैलाली जिल्लाकोे अत्तरिया नगरपालिका गोदावरीमा जिपलाइन सेवा सुरु भएको छ । जिपलाइन सेवाको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गर्नुभएको हो ।

उद्घाटनका क्रममा मन्त्री देउवाले जिपलाइनलाई प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिपलाइन भएकै स्थान गोदावरीबाट सुप प्रदेशका सात वटा पहाडी जिल्ला जाने मुख्य नाका भएकोले यस्ले समग्र सुपलाई जोड्ने र यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने जिप लाइनका सञ्चालक अरुण कुँवरले बताउनुभयो ।

जिप लाइनले गोदावरीमा आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि आउने अपेक्षा गरिएको छ । ‘पिकनिक’ खान र घुम्नका लागि गोदावरी पुग्ने पर्यटकहरूले अब जिप लाइनको पनि मज्जा लिने छन् ।

सुदूरपश्चिमका केही क्षेत्रमा जिप लाइन सेवा भए पनि गोदावरीको लाइन सबै भन्दा लामो जिपलाइन रहेको दाबी गरिएको छ ।

गोदावरी जिपलाइन एडभेन्चर प्रा.लि. ले सञ्चालन गरेको जिपलाइनको लम्बाइ ८ सय ५० मिटर छ । जिप लाइन सेवा लिनका लागि कम्पनीले प्रति व्यक्ति रु. ७ सय लाग्ने जनाएको छ ।

बिहिबार, ५ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा