file photo

काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

कामपा सूचना प्रविधि समिति संयोजक समेत रहनुभएका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम् सोच र प्रविधिलाई सम्मेलनमार्फत कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषय मुख्य रुपमा रहनेछन् ।

नीतिमा, शासनमा, सेवामा, समुदायमा डिजिटल समावेशीकरण प्रवर्द्धन गर्दै यसको पहुँच सामाजिक क्षेत्र, निजी व्यवसाय, उद्योग, उद्यमशीलता र वाणिज्य क्षेत्रमा समेत पुग्ने र साझेदारी विकास हुनेछ । सम्मेलनबाट यसका रणनीति तथा कार्यक्रम निर्माण हुनेछन् । यी विषयलाई सम्मेलन आयोजनाको उद्देश्यका रुपमा राखिएको छ ।

शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न सरकारले प्रयोग गरेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालयबिचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तार सम्मेलनका प्रस्तुतीकरण तथा छलफलका विषय रहने बताइएको छ । प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावनाजस्ता विषयमा विशेषज्ञ र साझेदारहरूबिच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका कार्यक्रममा समेटिने बताइएको छ । प्रविधिहरूको व्यावहारिक प्रयोग, पेसाकर्मी, उद्यमी, युवा तथा सरकारी संयन्त्रका बीच क्षेत्रगत सञ्जाल निर्माण (नेटवर्किङ) को अवसर सिर्जना गरिनेछ ।

सम्मेलनबाट कामपाले सरकार र प्रविधि प्रदायकहरू बीचको साझेदारी नजिक हुनाका साथै एकीकृत र कार्यान्वयनयोग्य दस्ताबेज प्राप्त हुने विश्वास लिएको जनाएको छ ।

मङ्लबार, ३ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे