लामो समयदेखि कार्ड नभएर रोकिएको लाइसेन्स वितरण पुनः सुरु हुने भएको छ । करिब डेढ वर्ष अघि रोकिएको नयाँ लाइसेन्स वितरण माघ १ गते सुरु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिससँग १२ लाख कार्ड आपूर्ति गर्ने सम्झौता भएको थियो । सो सम्झौताअनुसार कम्पनीले डिसेम्बर २० तारिख (पुस ४ गते) पहिलो चरणमा ६ लाख कार्ड नेपाल पठाउँदै छ ।

ती कार्ड नेपाल आएपछि सम्झौताअनुसार गुणस्तरीय छ छैन भन्ने परीक्षण हुने विभागले जनाएको छ । गुणस्तरीय भएमात्रै वितरण गरिनेछ ।विभागका अनुसार १२ लाख कार्ड आपूर्तिको लागि सम्झौता गरेको जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिसले पुस ४ गते ६ लाख कार्ड नेपाल पठाउने बताइएको छ ।

माघ १ गतेदेखि नयाँ ट्रायल पास गरेर लाइसेन्स पाउन बाँकी रहेकाहरूलाई दिन सुरु हुनेछ । नयाँ १५ लाख ५० हजार कार्ड र लाइसेन्स प्रिन्ट गर्ने नयाँ मेसिनको लागि पनि पुसमै टेन्डर खुल्दैछ ।

मङ्लबार, २६ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान