नेपाल ग्रामीण पुनर्निर्माण संस्था, (आरआरएन) ले जाजरकोट र रुकुमपश्चिम अर्थात कर्णाली प्रदेशमा पाँच बर्षे परियोजना सुरु गरेको छ ।
आरआरएनका अध्यक्ष, अमेरिकाकालागि पूर्व राजदूत, गैससमहासंघका पूर्व अध्यक्ष तथा विकासविद डा.अर्जुन कार्कीले कर्णाली सहायता मानवीय परियोजना सुरु गरेको जानकारी दिनुभयो । बालबालिका, महिला, ज्येष्ठ नागरिक र त्यस क्षेत्रको कृषि उत्थानकालागि परियोजनाले काम गर्ने जानकारी दिनुभयो ।
भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएका कारणा आधुनिक अर्थात करेसाबारी, अर्गानिक कृषि प्रणाली, पशुपालन, आधुनिक घाँस र रैथाने बालि संरक्षणमा काम गर्ने छ । त्यसैगरी भूकम्पले भत्काएका स्कुल निर्माण, बिद्यार्थीलाई पोषण र सहकारी निर्माणमा परियोजनाले काम गर्ने छ । सडक निर्माण, ध्वस्त संरचना निर्माणमा पनि परियोजनाले काम गर्ने छ । स्थानीय निकाय, स्थानीय प्रशासनसंग समन्वय गरेर बिभिन्न डोनर एजेन्सीसंगको सहकार्यमा काम गर्न लागेको हो । त्यसकालागि जाजरकोट र रुकुम पश्चिमा कार्यालय खोलि सकीएको जानकारी दिनुभयो । उहाँले यस अघि रोल्पामा पाच बर्षे परिरयोजना सञ्चालन भइरहेको जानकारी दिनुभयो । त्यसैगरी बिराटनगर मोरङमा पनि पाँचबर्षे कार्यक्रम सुरु गरीएको बताउनुभयो ।
आदिवासी जनजाति महिला उत्तथान र सामुदायिक बन र जलवायु परिर्वतको असर न्यूनिकरण गर्नको लागि दश बर्षे कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।
अहिले भूकम्पपीडित क्षेत्रमा राहत उद्धार, अस्थाई घर निर्माण गरी रहेको पनि बताउनुभयो । । सरकारी राहत वितरण प्रभावकारी हुन नसक्दा र पहुँचवालाले मात्र पाउँदा छुटफूट भएका धेरै छन् । परियोजनाले तत्काल न्यानो कपडा, ब्लाकेट, स्वीटर,ज्याकेट, म्याट्रेस, खाद्यान्न र अस्थायी संरचना निर्माणका लागि जस्ता पातासमेत वितरण गरेको हो ।