आज १० औं विश्व माटो दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ ।

‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले यही मंसिर १६ गतेदेखि ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित कार्यक्रम गरिरहेको छ । शनिबार शुरु भएको उक्त कार्यक्रम आज समापन गरिँदैछ ।

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायलगायतका विषयमा प्रचारप्रसार गर्ने,माटोको निःशुल्क जाँच शिविर, सञ्चालन, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकताबारे जानकारी दिइरहेको छ।

चार दिनसम्म जारी नार्कको कार्यक्रममा केन्द्रले मंसिर १६ गते माटोको उर्वराशक्तिको महत्त्व, संरक्षण र सुधारलगायतका विषयमा छलफल र प्रचारप्रसारमा जोड दिएको छ । १७ र १८ गते भक्तपुरको काभ्रेको खोपासीमा किसानको बारीमा नि:शुल्क माटो परीक्षण कार्यक्रम गरेको थियो । आज केन्द्रको खुमलटारमा एक कार्यशाला गरी मुख्य कार्यक्रम आयोजना गर्ने भएको छ।

माटो जीवनको अर्को स्वरूप हो । उर्वर माटोविना मानव,जीवजन्तु,वन्यजन्तु, बोटबिरुवा तथा यो पृथ्वीमा जीवनको परिकल्पना गर्न कठिन छ ।

मङ्लबार, १९ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा