मुगुमा एक साता यता अत्यधिक चिसो बढ्नुका साथै मौसममा बदली आई गएराती देखी वर्षा र हिमपात हुन थालेपछि मुगु लगायत हिमाली जिल्ला हरूको जनजीवन कष्टकर बनेको छ ।

गएराति देखि आकाशमा बाक्लो बादल लाग्नुका साथै उच्च हिमाली भेगका नेपालकै ठुलो र प्रसिद्ध राराताल, चुचेमारा मिली मुर्माटप लगायतका ठाउँहरूमा भारी हिमपात भएको छ । गमगढी लगायत मुगु जिल्लाका सबै बस्ती हरूमा एका बिहानै देखी वर्षा र हुन थालेपछि चिसो अत्यधिक बढेर जनजीवन कष्टकर बन्दै गएको हो ।

चिसोका कारण रुघा, खोकीका बिरामीहरू जिल्ला अस्पतालमा ठिनीमा उपचारका लागि आउने सङ्ख्यामा वृद्धि भएको जिल्ला अस्पताल मुगुले जनाएको छ । चिसोले विशेष गरि दम रोगी, र बुढाबुढी बढी प्रभावित भएका छन् । चिसो निकै बढेपछि उत्तरी करान भेगका लेकाली बस्तीमा बसोबास गर्ने लामा समुदायका मानिसहरू चितै कुना, सिरानी चौर, पुलु ,तिर झरेका छन् । मुगु हिमाली जिल्ला भएकाले हिउँद ऋतुमा अत्यधिक जाडो हुँदा बाल बच्चाहरूमा निमोनिया र श्वासप्रश्वासका रुघा, खोकीको समस्या गाउँ बस्तीमा बढेर गएको बताइएको छ ।

चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धा महिला पुरुषहरू बढी प्रभावित भएका छन् । भने अर्को तिर बेलैमा वर्षा र हिमपात सुरु भएकाले हिउँदे बाली जौ, गहुँ , नाफल, उवा, लगायतका बाली सप्रने कृषकहरूले विश्वास गरेका छन् । मुगुका उच्च हिमाली भेगहरू रारा, चुचेमारा, मुर्माटप, चेखेली, मालिका, घुच्चि, दोल्फु, मुगु, लखु, कालामुल लगायतका उच्च हिमाली भेगमा हिमपात भएको हो । छायाँनाथ, मुर्माटप, लचुचेमारा, तलिलेक, घट्टललेक लगायतका उच्च लेकाली बस्तीहरूमा हाल भीषण हिमपात भइराखेको छ । वर्षा र हिमपातले जनजीवन कष्टकर बनेपनि किसानहरू भने बाली जाली सप्रने भएकाले खुशी भएका छन् ।

 

सोमवार, १८ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा