नेपाल पर्वतारोहण संघले बर्सेनी गर्दै आएको पर्वतीय महोत्सव यस वर्ष पाँच दिन हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रामा आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो ।

यसअघि यो महोत्सव तीन दिन हुने गरेको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारी नेपाल पर्वतारोहण संघले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ ।

यस वर्षको महोत्सवमा बर्डस् कन्जरभेसनसँगको सहकार्यमा ‘मिस अन्डरस्टुड बर्डस्’ नामक नाटक प्रदर्शन गरिने भएको छ । आयोजक संघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका महोत्सवका संयोजक ठाकुराज पाण्डेले विश्वमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र पर्वतीय पर्यटन रहकाले यसका सम्भावना खोज्न महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र देखाइने छन् ।

महोत्सवमा पर्वतारोहण सम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीका फोटो प्रदर्शनीसमेत गरिने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिए । गो.प

बुधबार, १३ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा