सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक कृष्णजङ्ग रायमाझीले फलफूलखेतीबाट वार्षिक ३५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

तीस वर्ष शिक्षण पेसा गरेर अवकाश लिएका पूर्व शिक्षक रायमाझीले परीक्षणको रुपमा लगाएको केही बोट सुन्तला, कागती र जुनारले राम्रो उत्पादन दिएपछि उत्साहित भएर ५५ रोपनी जग्गा भाडामा लिएर फलफूल खेती गर्न थालेका हुन् । पाखोमा फलफूलको बिरुवा लगाउन झण्डै ८० लाख खर्च गरेका रायमाझीले दोस्रो वर्षदेखि वार्षिक ३५ लाख आम्दानी गर्न सफल हुन् । पहिलो पटक कागती ३० रोपनीमा, जुनार र सुन्तला १० रोपनी गरी जम्मा ४० रोपनीमा लगाएको रायमाझीले बताए ।

रायमाझीका छोराले पनि १५ रोपनी जग्गामा उस्तै व्यवसाय गरेका छन् । सबै गरेर ५५ रोपनीमा फलफूल खेती लगाएको उनले बताए। उनका अनुसार कागती सुन्तला र जुनार एक हजार बोट लगाएको तीन वर्ष भयो । दुई वर्षमै कागती बोटले थामी नसक्ने गरी फलेका छन् ।

रायमाझीका अनुसार पहिलो वर्षमा कागती पाँच हजार किलो फलेको थियो । त्यसबाट चार लाख बढी आम्दानी गर्न सफल भएको रायमाझीको भनाइ छ । अब उनीसँग दुई लाख बराबरको बिक्री हुन बाँकी छ । कागतीको माग बढेकाले भनेजति पुर्‍याउन नसकिएको रायमाझी बताउँछन् । उनका अनुसार भारतबाट आउने कागतीभन्दा चिसो ठाउँमा रहेको सिन्धुकोटकोको कागती लामो समय नबिग्रिने हुँदा व्यापारीले मनपराएका छन् ।

आगामी वर्ष १५ देखि ३० हजार किलो कागती उत्पादन हुने उनको अनुमान छ । ती कागतीको मूल्य २५ देखि ३० लाख पर्न आउँछ । सुन्तला र जुनार करिब १० लाख बराबरको बिक्री गरिसकेका उनले गत साल कागती, जुनार र सुन्तला गरी करिब १५ लाख आम्दानी गरेको बताए।

पुस सुन्तला र जुनारको समय हो । आगामी वर्ष सुन्तला र जुनार गरेर १० लाख र कागतीबाट २५ लाखसम्म आम्दानी हुने उनको अनुमान छ । अबको दुई वर्षमा सबै लगानी उठिसक्नेसमेत किसान रायमाझीले दाबी गरे । पूर्व शिक्षक रायमाझीको लगनशीलता र मेहनतलाई देखेर यस आर्थिक वर्षमा मेलम्ची नगरपालिकाले कोल्डस्टोर बनाउन रु पाँच लाख अनुदान दिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए।

बुधबार, १३ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे