Trending
नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गरको छ ।
भन्सार विभागका अनुसार नेपालले चालु आवको साउन, भदौ, असोज र कार्तिकमा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार रुपैयाँको चिया निर्यात गरेको हो । विभागले बिहीबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको विवरणमा नेपालले ५७ लाख ७५ हजार ३०७ केजी चिया निर्यात गरेको उल्लेख छ ।
नेपालले अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, फ्रान्स, जर्मनी, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा चिया निर्यात गर्दै आएको छ । यस्तै, बितेको चार महिनामा नेपालले एक करोड ५६ लाख ४७ हजार रुपैयाँको कफी निर्यात गरेको छ ।