नेपालकै सबैभन्दा ठुलो दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा हिमतालमा पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । वर्षामा आवतजावत करिब बन्द रहेको च्छोरोल्पा हिमताल असोज महिनादेखि खुला भएपछि पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय मिङमा शेर्पाले जानकारी दिए  ।

समुद्र्री सतहबाट चार हजार ५८० मिटरको उचाइमा रहेको यो तालसम्म पुग्न पाँच दिनको पैदलयात्रा गर्नु पर्छ । गौरीशङ्कर गाउँपालिकाको रोल्वालिङ उपत्यकामा रहेको यो स्थान पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चक रहेकाले सबैको आकर्षणको केन्द्र बन्दै गइरहेको स्थानीय रत्ना तामाङले बताए ।

कोरोना महामारीअघि बाह्य पर्यटकले खचाखच हुने गथ्र्यो । महामारी सकिए पनि फाट्टफु्ट्टबाहेक खासै बाह्य पर्यटक आएका छैनन् । यो हिमताल अहिले आन्तरिक पर्यटकको भिडले होटल व्यवसायीलाई धान्न हम्मे हम्मे परेको होटल व्यवसायी थुल्डु शेर्पाले बताए ।

दसै तथा तिहारपछि मात्र करिब एक हजार आन्तरिक पर्यटकको आगमन भइसकेको छ भने दिनप्रतिदिन सङ्ख्या बढ्दै गइरहेको उनले जानकारी दिए । सिमीगाउँबाट सुरमुर्चे, क्याल्चे, दोङयाङ, वेदिङ र ना हुँदै यो तालसम्म पुग्न सकिन्छ । साहसिक पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चक स्थलका रूपमा प्रख्यात मानिने रोल्वालिङ उपत्यकाको च्छोरोल्पा पुग्दा संसार जितेको महसुस हुने आन्तरिक पर्यटकको भनाइ रहेको छ । गो.प

बुधबार, ६ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !