अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेपालले कार्बन उत्सर्जन कम गर्न ४५ प्रतिशत भूभाग जंगलका रूपमा स्थापित गरिरहेको बताए । कार्बन उत्सर्जन कम गर्न सवारीसाधन समेत विद्युतीयलाई बढावा दिइएको उनको भनाइ छ । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने नेपालको लक्ष्यमा कुनै शंका नगर्न विश्व समुदायलाई आग्रह गरे ।

विकसित देशले उत्सर्जन गरेको कार्बनका कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको उनले बताए । यहाँका हिमालहरूको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेका कारणले नभएर अरू देशले गर्दा भएको भन्दै उनले विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका निम्ति आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तन न्यूनीकरणका निम्ति विभिन्न ‘फन्ड’हरूबाट नेपालले पनि सहयोग पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने उनले बताए ।

सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ रूपमा परिपूर्तिको सुनिश्चितता गर्ने गरी यहाँ जलविद्युत्मा लगानी भइरहेको उनले सुनाए ।

मङ्लबार, ५ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा