छठ पर्वको आज मुख्य दिन । आज आइतबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई रातभर जाग्राम बसेर मनाइँदैछ ।

भोलिपल्ट बिहान सोमबार उदाउँदै गरेको सूर्यको पूजा गरि अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थी तिथि (शुक्रबार) देखि शुरु भएको हो । सूर्यको पूजा तथा व्रत–उपासना गरेमा सन्तान तथा परिवारको सुख, समृद्धि र मनोकामना पूर्ण हुने विश्वास रहेको छ । यो पर्व निकै धैर्य, निष्ठा तथा शुद्धताका साथ मनाउनुपर्ने हुन्छ ।

शनिबार पञ्चमी तिथिको दिन खरना मनाइयो । दिनभर निर्जल व्रत बस्नेहरुले साँझपख खीर पकाएर देवीदेवतालाई चढाएपछि प्रसादका रुपमा खाने गर्दछन् र परिवारका अन्य सदस्यहरुलाई पनि बाँड्ने विधिलाईनै खरना भनिएको हो । यसपछि व्रतालु सप्तमी तिथिको बिहानसम्म अर्थात् सोमबार बिहानसम्म व्रत बस्नुपर्ने हुन्छ । आज षष्ठी तिथिको दिन भने नदि वा पोखरीको किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ । यसको भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्व सम्पन्न हुन्छ ।

छठ पर्वमा सूर्यलाई चढाइने ठेकुवा, भुसुवा, केरा, उखु, नरिवल, मिठाइ, पान, सुपारीआदि विशेष प्रसाद हुन् । यी प्रसादलाई माटोका नयाँ भाँडा तथा बाँसको टोकरीमा राखेर चढाउने प्रचलन छ । छठ पर्व विशेष गरि तराईका बासिन्दाले मनाउने गरेको भएपनि हिजोआज भने पहाडका बासिन्दाले पनि निकै उत्साहका साथ मनाउन थालेका छन् ।

आइतवार, ३ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे