Trending
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले वायुसेवा निगमको जहाजमा यात्रुहरुलाई राम्रो सेवा नगरे सम्बन्धित विभागका प्रमुखलाई कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्री किराँतीले निगमको जहाजमा आज छड्के अनुगमन गर्दै सो बताएका हुन् ।
मन्त्री किराँतीले निगमको जहाजमा छड्के अनुगमन गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । ‘वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुलाई छड्के अनुगमन गरिएकोछ । यात्रुहरुलाई साफ र राम्रो सेवा प्रदान नगरे आउनेदिनमा सम्बन्धित प्रमुखलाई विभागीय कारबाही गरिनेछ ।’