चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आज (सोमबार)देखि नियमित रुपमा सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङमा उत्साह छाएको छ । सोमबार बिहान १० बजेदेखि औपचारिक रुपमा कोरला नाका सञ्चालनमा ल्याइएको हो । नाका सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुले सस्तोमा चिनियाँ सामान आयत गर्न पाएपछि खुसी भएका छन् ।

कोरोना महामारीका कारण नाका बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन प्रभावित बनेको थियो । यहाँ प्रायजसो चीनका सामानहरु उपभोग गरिन्छ । पोखरा, बेनी हुँदै माथिल्लो मुस्ताङ पुगेका सामान तेब्बर महँगो हुन्छ । नाका सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तुहरु, लत्ताकपडा र निर्माण सामग्री सुलभ दरमा आयत हुने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताए ।

‘‘विगत चार वर्षदेखि नाका पूर्णरुपमा बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन कष्टकर बनेको गुरुङले बताए । सामानहरु धेरै महँगो मूल्य तिरेर ल्याउनुपर्ने बाध्या थियो । अब नाका नियमित रुपमा सञ्चालनमा आएसँगै चीनतर्फबाट धेरै सस्तोमा सामान ल्याउन पाइने भएको छ ।’’ नाका सञ्चालन भएसँगै माथिल्लो मुस्ताङका स्थानीयहरु खुसी भएको उनको भनाइ छ ।

लोमान्थाङका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि अनुमतिपत्र वितरण गरिएको छ । अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारणहरु कोरला नाकामा आवतजावत गर्न पाउँछन् ।

नाका सञ्चालनमा आएपछि स्थानीयहरु उत्साहित भएको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ भार्चाका वडाध्यक्ष कर्म नामगेल गुरुङले बताए । सोमबार नाकाबाट दैनिक उपभोग्य वस्तुहरु आयत भएको उनको भनाइ छ । चीन सरकारको सहयोगमा कोरला नाकामा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का लागि संरचना निर्माण गरिएको छ । गो.प

सोमवार, २७ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा