म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । पर्यटन विभाग, अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा चार आश्रयस्थल निर्माण गरिएका हुन् ।

आश्रयस्थल निर्माण भएपछि बस्तीदेखि टाढा, होटल तथा लजको सुविधा नभएको नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ मा जाने पदमार्गलाई सहज भएको स्थानीयवासी तेज गुरुङले बताए । ‘सम्धिखर्क, गुफाँफाँट, भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गरिएका छन्’, उनले भने ‘पर्यटकको चाप बढेकाले आश्रयस्थलको सङ्ख्या र क्षमता बढाउनुपर्ने देखिन्छ ।’पदमार्ग, झोलुङ्गेपुल, विश्रामस्थल, आश्रयस्थललगायत पर्यटन पूर्वाधार तयार भएपछि यसपालिको शरद्याममा पहिलो पटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताए ।

‘विगत वर्षमा वसन्त ऋतुमा हिमाल आरोहणका लागि हेलिकप्टरबाट आउने पर्वतारोहीको चहलपहल हुने अन्नपूर्ण आधार शिविर शरद्याममा सुनसान हुने गर्दथ्यो’, उनले भने, ‘दसैंपछि धेरै संख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका छन् ।’‘पोखरा, बेनी, काठमाडाैंलगायत ठाउँबाट आफै टेन्ट, खाने, बस्ने सामान लिएर आधार शिविर पुगेर फर्किनेको मौरिस हर्गोज पदमार्गमा चहलपहल छ’, उनले भने, ‘आश्रयस्थलको क्षमता विस्तार र संरक्षणसँगै सरसफाइमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।’

सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्गोजले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’ को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गेपुल, आश्रयस्थललगायत पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् ।

शनिबार, २५ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे