मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२, ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्यांग्रा मरेका छन् । मिङमार गुरुङको खोरमा शुक्रबार राति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्यांग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए ।

“रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चारवटा चितुवाले च्यांग्रा मारेको हो,” उनले भने, “३० लाख रुपैयाँभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौँ ।”मुस्ताङमा हिमचितुवाले पुर्‍याएको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकको भनाइ छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवा कति छन् भन्ने यकिन तथ्यांक छैन ।

ढाक्मर गाउँको पश्चिमतर्फ ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको वासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताए । गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ कृषकका ६५ पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्यांक छ । रासस

 

शनिबार, २५ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे