Trending
नेपाल ग्रामीण पुनर्निर्माण संस्था ९आरआरएन०ले भूकम्पपिडीत क्षेत्रमा राहत सामाग्री पु¥याएको छ । संस्था आरआरएन आफ्नै तर्फबाट र बिभिन्न राहत साझेदार संघ, संस्थाबाट प्राप्त राहत भूकम्प प्राभावित क्षेत्रमा आरआरएनले पु¥याएको हो ।
साझेदारहरु मार्फत झण्डै ५ करोड रुपैया बराबरको सामाग्री पाप्त भएको थियो । जाडो बढ्दै गर्दा आरआरएनले लगातार राहत सामाग्री बितरण गरी रहेको छ भने अन्य राहत सामाग्रीकोलागि पनि आग्रह गरेको छ । कम्बल, त्रिपाल, म्याट्रेस, महिलाको र बालबालिकाको लागि स्वेटर र सल महिलाकालागि डिगनीटी किट, स्वास्थ्य र सरसफाईका सामाग्रीहरु बितरण गरेको छ ।
त्यसैगरी जस्तापाता र अन्य उपभोग्य सामाग्रीसमेत भूकम्प प्रभावितलाई बितरण गरीएको छ । आरआरएन भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतकालागि जुटी रहेको छ । आरआरएनका अध्यक्ष डा। अर्जुन कार्कीले जाडो बढ्दै गर्दा, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, महिला, बालबालिका बढी प्राभावित भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन।
जाजरकोट र रुकुम पश्चिम भूकम्प प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेका कार्कीले कतिपयले अझै राहत र बस्ने बाँसको ठेगान नभएको पनि बताए । जाडोले गर्दा कतिपय ज्येष्ठ नागरिक बिरामी परेको र स्वास्थ्य अवस्था दयनिय बन्दै गएको पनि बताए । ढुंगा माटोले बनेका घर सबै ढलेकाले अहिले पनि उचित राहत दिन उनले आग्रह गरे । बिभिन्न दातृनिकायबाट सहयोग आई रहेको र सहयोगलाई व्यवस्थित रुपमा बितरण गर्नु पर्ने पनि बताए ।