राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार–प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो ।

विगतमा सुनसानजस्तै हुने यहाँ यतिबेला दैनिक ४० देखि एक सय जनासम्म पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । उनले भने, ‘विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन् ।’ विस्तारै मौसम राम्रो हुँदै गएको र बाटोसमेत राम्रो भएकाले पर्यटक वृद्धि हुने स्थानीय सुरज गुरुङले बताए । यस स्थानमा चार युवा मिलेर खाना र बस्नका लागि पूर्वाधार निर्माण गरेपछि पर्यटक आगमनमा बढेको हो । पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवा मिलेर रु ११ लाख लगानीमा खाना-बस्नका लागि ३५ जनासम्म अट्ने हल निर्माण गरेका छन् । यहाँ आउने पर्यटकलाई अग्र्यानिक खानाखाजा दिने गरिएको छ ।

यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, ढङ्गै, भुस्मे, घनपोखरालगायत अधिकांश ठाउँ घाउँ देखिन्छ । त्यस्तै दक्षिण एसियाकै नमूना घलेगाउँडाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनास्लु रेन्स, बुद्ध हिमाललगायतका देख्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुरडाँडासमेत देख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । यहाँ खाना बस्नका लागि एक रातको प्रतिव्यक्ति रु एक हजार लिने गरेको छ । यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको स्थानीयको भनाइ छ । यसै वडामा विसं १८०२ मा खुदीको ढङ्गैबेसीमा जन्मिनुभएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा वस्तुभाउ चराउने, छेलो हान्ने गरेका थिए । हर्सिङडाँडामा गाईवस्तु चराएका भक्ति थापा विसं १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका हुन् ।

उनी पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ । गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौँ पुगेको करिब एक वर्षपछि उनी नेपाली फोजका सरदार भई नेपाल एकिकरण अभियानमा संलग्न भएका थिए । विसं १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे । देउथलमा अङ्ग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अङ्ग्रेजको गोली लागेर मृत्यु भएको थियो । अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिं थापालाई बुझाएको इतिहास छ ।

शुक्रबार, २४ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे