file photo

नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यामिक विद्यालय प्रवेश गर्ने वित्तिकै मनमोहक दृष्य देख्न पाईन्छ । ढकमक फुलेका रङ्गीविरङ्गी सयपत्री फुलको सुन्दरताले विद्यालयको गरिमालाई उचाईमा पुराएको छ ।

विद्यालय भवन वरपरका खाली जमिन बगैंचा बनाईएको छ । जसले खाली जमिनको सदुपयोगिता मात्र हैन विद्यालयको सुन्दरतालाई बढाएको छ । विगतका बर्षहरूमा वनमारा, कूरो र विभिन्न झारहरूले ढाकेको ठाँउहरूमा यो बर्ष ढकमक सयपत्री फक्रिएको छ । जनक माविमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका १५ जना विद्यार्थीहरु फुलखेतीमा संलगन रहेको विद्यालयले जनाएको छ ।

विद्यालय परिसरको २ रोपनी क्षेत्रमा सयपत्री फूल रोपेका हुन । सयपत्रीका बिरुवा खरिदका लागि करिब ३० हजार रुपैयाँ विद्यालयले लगानी गरेको छ भने संघीय सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विद्यालयका परिसरमा रोपिएकका करिब १५ सय वोट फूलहरु विक्रीका लागि तयारी छन् । घटस्थापनादेखि नै विद्यालय बन्द भएपनि विद्यार्थीहरुले फूलबारीको रेखदेखमा व्यस्त छन् । उनीहरुले दैनिक बिहान र साँझ एक एक घण्टाको समय फुलको रेखदेखका लागि छुट्याएका छन् ।

नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोटमा रहेको जनक माविका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूलखेती गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनक माविमा २०७८ चैत्रदेखि ‘पढ्दै कमाउदै कार्यक्रम’ लागू गरिएको छ। विद्यालयले फूलखेतीलाई आम्दानीको स्रोत मात्र नभई व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्तिको अवसर रूपमा लिएको छ । तिहारलाई लक्षित गरी उत्पादीत सयपत्री फूल बिक्री गर्न थालिएको विद्यालयले जनाएको छ ।

तिहारको अवसरमा आवश्यक फुल खरीद गरी विद्यार्थीहरुमा हौसला थपिदिनका लागि विद्यालयले स्थानीयरुलाई अनुरोध गरेको छ । फुलखेती राम्रोसंग फस्टाएपछि कमाइ पनि राम्रै हुने अपेक्षा विद्यार्थीहरुले गरेका छन् । तिहारको अवसरमा फूल बिक्रि गरी करिब १ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन् । फुल बिक्रिबाट संकलित रकमबाट विद्यार्थीहरुले मुस्ताङ घुम्न जाने योजना बनाएका छन् ।

शुक्रबार, २४ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे