पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजदूतावास स्थापना गर्ने निर्णय गरेको बताइन् ।

हाल विभिन्न २५ देशमा नेपाली राजदूतावास छन् । अब पोर्चुगलमा थपिने भएसँगै २६ देशमा नेपाली राजदूताव हुनेछन् । नेपालले १० हजारभन्दा बढी नेपाली रहेको मुलुकमा नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने निर्णय गरेको थियो । गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका देशमा तत्काल ड्राई पोस्टिङ गर्ने निर्णय गरेको थियो । त्यसका लागि परराष्ट्र मन्त्रालयले दुई महिनाभित्रमा प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

बिहिबार, २३ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा