प्रख्यात हिमाल आरोहि लाक्पा शेर्पाले अर्को एउटा हिमालको सफल आरोहण गरेकाछन् । शेर्पाले धौलागिरी हिमशृखलाको एक हिस्साको रुपमा रहेको पुथा हिमालको सफल आरोहण गरेका हुन् ।

आरोहणकालागि कठिन मानिएको ७ हजार २ सय ६० मिटर अग्लो हिमाल धौलागिरी हिमशृखलाको पश्चिमी क्षेत्रमा अवस्थित छ । यो पहिलो पटक सन १९५४ मा जेओएम रोबर्ट्स र आङ न्यामा शेर्पाले आरोहण गरेका थिए । उनीसंगै जर्मन टोलीले पनि पुथा हिमालको सफल आरोहण गरेकाछन् । संखुवासभाको मकालु हिमाल आरोहणकालागिसमेत प्रख्यात मानिएका शेर्पाले यस अघि मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरी सकेकाछन् ।

संखुवासभाको मकालु गाउँपालिकाका युवा पर्वतारोही शेर्पाले हिमाल आरोहणमा छुट्टै पहिचान बनाएकाछन् । यो हिमचूलीको आरोहणसंगै शेर्पा अन्य हिमालको आरोहणको तयारी पनि गरेकाछन् । बिग्रदो मौसमका बाबजुद पनि शेर्पा र जर्मन टोलीले उक्त हिमाल आरोहण गरेको हो ।

बिहिबार, २३ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !